प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

रिपोर्ट नेपाल | 2018 Sep 12 | 05:15 pm 3090

काठमाडौं, भदौ २७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन्।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको ब्रिफिङ गर्ने, पार्टी एकताका लागि बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल र सरकारका कामको समीक्षा हुनेछ।

लामो समयदेखि बैठक बस्न नसक्दा नेकपाका तल्ला तहको एकता प्रभावित हुँदै आएको छ। यसअघि नेकपाको स्थायी समिति बैठक तोकिँदै र स्थगीत हुँदै आएको छ। बुधबारको बैठकले यसको मितिसमेत तोक्ने सम्भावना रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.