प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवा ओली निवासमा जादै

| 2023 Apr 17 | 08:57 am 793

काठमाडौँ, वैशाख ४ः नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार) बिहान ९ बजे बालकोट जाने कार्यक्रम तय भएको छ ।

एक साता देखि ज्वरोका कारण अस्वस्थ हुनु भएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू वाल कोट जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने सचिवालयले जनाएको हो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे समेत शीर्ष तहमा छलफल हुने जनाएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.