प्रधानमन्त्री दाहाल पत्नीलाई राजकीय सम्मान दिइने

| 2023 Jul 12 | 01:35 pm 2113

काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रकी सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवन संगीनी सीता दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

दाहालको आज बिहान थापाथली स्थीत नर्भिक अस्पतालमा निधन भएको थियो । दाहालको निधन पश्चात बसेको मन्त्रिपरिषद् बैठकले अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । स्वर्गीय सिता दाहालको सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीले सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.