काठमाडौं, जेठ १: एक हप्ताको भियतनाम र कम्बोडिया भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा बुधबार साँझ स्वदेश फर्केका छन् ।
गत वैशाख २६ गते भियतनाम गएका प्रधानमन्त्री ओली भियतनामको ५ दिने भ्रमण सकेपछि सोमबार कम्बोडिया प्रस्थान गरेका थिए ।
दुई देश भियतनाम र कम्बोडियाको भ्रमण गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रभानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङसहित विभिन्न मन्त्री तथा नेताहरुले स्वागत गरेका थिए ।