प्रधानमन्त्री ओलीद्वारा वलीको निधनप्रति दुःख व्यक्त

रिपोर्ट नेपाल | 2019 Feb 22 | 05:21 pm 3342

काठमाडौँ, फागुन १० : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यलय धुम्बाराहीमा आज भएको श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरे ।

ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेको उल्लेख गरे । मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपङ्क्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरे ।

यसै गरी वलीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका सचिवालय सदस्य बामदेव गौतम, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.