प्रधानमन्त्री ओलीको बिदेश यात्रा

रिपोर्ट नेपाल | 2019 May 09 | 01:58 pm 1899

काठमाडौं, वैशाख २६: प्रधानमन्त्री केपी शर्मा ओली आफ्नी धर्मपत्नी राधिका शाक्य सहित आज समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाका लागि उडेका लागि उडेका छन्। भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा उनी आज विहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

वैशाख २६ देखि ३० र वैशाख ३० देखि जेठ १ गते सम्म हुने औपचारिक भ्रमणमा त्यस तर्फ लागेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत विभिन्न मन्त्रालयका मन्त्री र उच्च कर्मचारीले बिदाइ गरेका थिए। बिदाइ समारोमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई बिदाइ सलामी दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.