प्रधानमन्त्री ओलीको टाउको बाँदरको शरीरसँग जोडेर फेसबुकमा पोस्ट गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 21 | 07:20 pm 35180

काठमाडौं, भदौ ५ : प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी सामाजिक सञ्‍जाल फेसबुकमार्फत नकारात्मक टिप्पणी गर्ने एक कर्मचारी पक्राउ परेका छन् । प्रधानमन्त्री ओलीको टाउको बाँदरको शरीरसँग जोडिएको फोटो फेसबुकमा सेयर गर्ने होमनाथ सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।

स्थाई घर भक्तपुर सुर्यबिनायक नगरपालिका-३ भएका सिग्देल रोसी गाउँपालिका वडा न-५ मा सचिव पदमा कार्यरत छन् । सिग्देलले प्रधानमन्त्री ओलीको टाउकोलाई बाँदरको शरीरसँग जोडिएका फोटोसाथै ओलीको नग्न तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट सेयर गरेका थिए।

यसरी सामाजिक सञ्जालको दुरुपयोग गरी अर्कोको तस्बिर वा अन्य कुनै कार्टुन प्रयोग गरी चरित्र हत्या गर्नेलार्इ विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको अभियोगमा एक लाख जरिवाना तथा पाँच वर्ष कैद हुने कानुनी व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.