अनुगमनका लागि प्रधानमन्त्री ओली सङ्खुवासभामा

रिपोर्ट नेपाल | 2020 Nov 11 | 09:20 am 2387

काठमाडाैं, कात्तिक २६ः प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सङ्खुवासभा गएका छन् । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाकारी दिएको छ ।

ओलीले त्यहाँ सञ्चालित विभिन्न विकास निर्माणका आयोजनाहरुको अवलोकन गर्ने बताइएकाे छ । प्रधानमन्त्री ओली सङ्खुवा जानेभएपछि तयारी पनि तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । ओली सुरूमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम रहेकाे जनाइएकाे छ ।

उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्ने बताइएकाे छ । झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।

यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्किने बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.