प्रधानमन्त्री ओली र बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता

| 2018 Aug 30 | 11:16 am 1569

काठमाडौं, भदौ १४: प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा केहीबेर अघि ओली र हसिनाबीच भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हसिना बिम्स्टेकको चौथो शीखर सम्मेलनमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएकी थिइन् । बिमस्टेकका सबै सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौं आइसकेका छन् ।

बिम्स्टेक सम्मेलनको उदघाटन प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो तीन बजे होटल सोल्टीमा गर्ने छन् ।

त्यसअघि बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएका सबै सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरुले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ ।

तस्बिर सौजन्‍य: प्रधानमन्त्री केपीशर्मा ओलीको  निजि सचिवलाय

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.