प्रधानमन्त्री ओली र थाइ समकक्षी प्रायुतबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2018 Aug 31 | 11:21 am 1582

काठमाडौं, भदौ १५: प्रधानमन्त्री केपी ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत व चाबीच शुक्रबार अपरान्ह दुई पक्षीय भेटवार्ता भएको छ ।

बिमस्टेक सम्मेलन भाग लिन आएका प्रायुत र ओलीबीच सोल्टीहोटलमा भेटवार्ता भएको हो । यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिउँसो ३ बजे भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासंग शनिबार बिहान भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसअघि म्यानमारका राष्ट्रपति विन मिन्ट, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ बाङ्चुङ्संग भेटा वार्ता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.