प्रधानन्यायाधीसमा अस्वीकृत जोशीको बिदा ६ दिन थप

| 2018 Aug 19 | 12:47 pm 1915

काठमाडौँ, भदौ ३: संसदीय सुनुवाई समितिबाट अस्विकृत भएपछि १५ दिन बिदा बसेका न्यायाधीश दीपकराज जोशीले थप ६ दिन बिदा लिएका छन् । साउन २० गतेबाट बिदामा बसेका जोशीको आइतबारबाट बिदा सकिएसँगै उनले थप ६ दिन भैपरी बिदा लिएका हुन् ।

आजबाट पुन: सर्वोच्च जाने/नजाने बारे बुझ्न उनीसँग सम्पर्क गर्दा उनले आफूले थप ६ दिन बिदा लिएको बताएका हुन्।

संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ। जोशीको अनुपस्थितिमा ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चमा मुद्दाको पेशी तोक्नेदेखि प्रधानन्यायाधीश उपस्थित हुनुपर्ने कार्यक्रममा सहभागी हुँदै आएका छन्।

सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म जोशी काममा फर्किए उनी कामू प्रधानन्यायाधीशमा यथावत हुनेछन्। तर प्रधानन्यायाधीश पदमा अस्वीकृत भइसकेको अवस्थामा पदमा रहिरहँदा उनीमाथि नैतिक प्रश्न भने खडा हुनेछ।

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.