प्रधानन्यायाधीशले गराय न्यायाधीशलाई शपथ

| 2023 Dec 04 | 02:57 pm 981

काठमाडौ, मंसिर १८ – प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका अध्यक्ष र सदस्यहरूलाइ पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले शपथ गराएका हुन् ।

गत मंसिर ५ गतेको न्यायपरिषद् बैठकको निर्णयबाट विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.