प्रधान सेनापतिद्वारा सामुहिक तालिमको निरीक्षण

रिपोर्ट नेपाल | 2023 Feb 07 | 10:31 am 1117

काठमाडाैं, माघ २४ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले साेमबार श्री उपत्यका पृतना हे.क्वा. अन्तर्गतका फौजहरु सम्मिलित भई ललितपुर जिल्ला, लेलेमा संचालन भईरहेको सामुहिक तालिमको निरीक्षण गरेका छन् । हाल नेपाली सेनाका विभिन्न युनिटहरु आ-आफ्नो जिम्मेवारी ईलाकाहरुमा सामुहिक तालिमको क्रममा छन् ।

निरीक्षणको दौरान प्रधान सेनापति महारथी शर्माले तालिमका विविध पक्षहरुका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.