प्रधान सेनापति र चिनियाँ महामहिम राजदूतबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2021 Sep 22 | 05:13 pm 1761

काठमाडाैं, असाेज ६ः प्रधान सेनापति  प्रभुराम शर्मा र मित्रराष्ट्र चीनका महामहिम राजदूत Her Excellency Ms. Hou Yanqi बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.