प्रधान सेनापति र अमेरिकी महामहिम राजदूतबीच भेटवार्ता

| 2021 Jan 29 | 09:23 pm 2669

काठमाडाैं, माघ १६ः शुक्रबार प्रधान सेनापति  पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाका राजदूत महामहिम Randy W Berry संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधान सेनापति थापा र अमेरिकाका राजदूत महामहिम बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.