प्रधान सेनापति र अमेरिकाका महामहिम राजदूतबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2021 Aug 03 | 03:41 pm 3413

काठमाडाैं, साउन १९ः मंगलबार प्रधान सेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र अमेरिकाका राजदूत His Excellency Mr. Randy W. Berry बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.