प्रदेशभित्र लगानी गर्ने लगानीकर्तालाई २० वर्षसम्म कर नलिने मुख्यमन्त्री राउतको घोषणा

| 2019 Mar 19 | 01:16 pm 1509

जनकपुर, चैत्र ५ प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरु प्रदेशको विकासका लागि अगाडि बढिरहेको बताए ।

राउतले २ नम्बर प्रदेशभित्र लगानी गर्ने लगानीकर्तालाई २० वर्षसम्म कर नलिने घोषणा गरेका छन् । उनले यस क्षेत्रमा बन्द, हड्ताल जस्ता कामका लागि निषेधित क्षेत्र घोषणा गर्नेसमेत बताएका छन् ।

लगानीकर्ताले लगानी गर्न चाहे यस कार्यालयबाट तीन घण्टाभित्रै सबै प्रक्रिया पूरा गरिदिनेसमेत मुख्यमन्त्री राउतले बताएका छन् ।

सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले लगानीमैत्री वातावरण प्रदेश बनाउने निर्णय भएको बताएका छन् ।

काठमाडौंमा लगानी सम्मेलन हुँदै गर्दा आफ्नो प्रदेशले लगानीमैत्री वातावरण बनाएको पनि उनले जानकारी दिए ।

मुख्यमन्त्री राउतले कनेक्टेभिटीको सवालमा काठमाडौंदेखि भारतसम्म भएकाले वातावरण राम्रो भएको दावीसमेत गरेका छन् ।

संघीय सरकारले आफ्नो ऐनसमेत बनाउन नसकेकाले उसले आफूहरुलाई केही पनि दिन नसक्ने पनि उनले स्पष्ट पारेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.