प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै कांग्रेसद्वारा बैठक अवरोध

| 2018 Jul 29 | 04:59 pm 2256

बुटवल, साउन १३ :  प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रसले प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै प्रदेश सभा बैठक अवरोध गरेको छ । आइतबारको ५ नम्बर  प्रदेशकाे बैठक स्थायी राजधानी र नामाकरण टुंगो नलागेसम्म चल्न नदिने भन्दै अवरोध गरेको हो ।

संविधानमा ६ महिनाभित्र प्रदेश सभाबाट स्थायी राजधानी र नामाकरण टुंगो लगाउने उल्लेख भएपनि अहिलेसम्म सरकारले लगाउन नसकेको कांग्रेसको आरोप छ ।

संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने व्यवस्था भएपनि प्रदेश ५ को प्रदेश सभा बैठकमा अहिलेसम्म दुवै पद एकै दलको भएकाले तत्काल त्यसको प्रकृया सुरु गर्न समेत कांग्रेस सचेतक निर्मला क्षेत्रीले  सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।

कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले सोमबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.