प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि गरेकाे बजेट विनियाेजन(पूर्णपाठसहित)

रिपोर्ट नेपाल | 2020 Jun 15 | 08:01 pm 2447

धनुषा, असार १ः प्रदेश २ सरकारले साेमबार आर्थिक वर्ष २०७७/०७८ को लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ।

उक्त बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

कूल विनियोजन मध्ये चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रहेको छ। त्यसैगरी वित्तीय व्यवस्था तर्फ १६ करोड छ।

बजेटमा कोभिड-१९ महामारी पहिचान, रोकथाम, नियन्त्रण र उपचारका लागि आवाश्यक सामग्री खरिद गर्न ७० करोड २७ लाख विनियोजन गरिएको छ।

बजेटकाे विस्तृत विवरण पूर्णपाठबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.