प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम पक्का

रिपोर्ट नेपाल | 2020 Jan 27 | 07:43 am 1713

धनुषा, माघ १३:प्रदेशसभा गठन भएको करिब २ वर्ष बितेपछि प्रदेश २ को स्थायी राजधानी टुंगो लागेको छ।

प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमती भएको हो। प्रदेशको नामकरण र राजधानी टुंगो लगाउने सन्दर्भमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको छ।

उक्त समितिले राजधानी जनकपुरधाम नै कायम गर्ने निर्णय सर्वसम्मतले पारित गरेको छ। यस प्रदेशका राजधनीले उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रलाई राजधानीको सिमाना तोकेको छ।

यो सीमाभित्र राजधानी तोक्ने विषयमा सहमती जुटेको सभामुख यादवले बताए। समितिमा सर्वसम्मतिले उक्त प्रस्ताव पारित भएकाले प्रदेशसभाबाट समेत पारित गर्न समस्या नहुने उनको भनाइ छ।

प्रदेशको राजाधानी र नाम सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा, सत्तारुढ राजपा र समाजवादी पार्टीले भदौ ५ मा अहिले पारित गरिएको प्रस्ताव प्रदेशसभा बैठकमा दर्ता गराएका थिए। नेपाली कांग्रेसले भने जनकपुरधाम उपमहानगर पालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.