प्रदेश १ मा २०५ थान बन्दुक संकलन

रिपोर्ट नेपाल | 2019 Apr 22 | 06:20 pm 1484

 बिराटनगर, वैशाख ९ : प्रदेश १ मा प्रहरीले विभिन्न जिल्लाबाट दुई सय ५ थान हतियार संकलन गरेको छ । गृह मन्त्रालयले गत चैत १ गते ३५ दिनभित्र हतियार बुझाउन गरेको सर्कुलरपछि वैसाख ८ गतेसम्म सो हतियार संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

संकलित हतियारमध्ये ९५ थान बैध र ३५ थान नविकरण तथा दर्ता नभएको जनाएको छ । सर्वसाधरण आफैले प्रहरीलाई हतियार बुझाएका थिए । संकलन भएको हतियारमध्ये सबैभन्दा बढी एक सय ६७ नाल भरुवा बन्दुक रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.