प्रदेश स्तरीय खेलमा भागलिन लहानबाट खेलाडी छनौट

रिपोर्ट नेपाल | 2022 Sep 19 | 02:10 pm 1617

  • महेश सिंह

सिरहा, असोज ३ः नवौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गर्न सिरहाको लहानबाट करिब दुई दर्जन भन्दा बढी खेलाडी छनौट गरिएको छ । छनौट भएका मध्य कबडी खेलाडीलाई ढल्केवर र भारोतोलन खेलका खेलाडीलाई राजबिराज पठाइएको छ।

No description available.

नेपाल सरकारको निजामती कर्मचारी र सप्तरीको महदेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले खेलमा भागलिने इक्छुक खेलाडीलाई टिका लगाई बधाई तथा शुभकामना दिदै खेलमा भागलिन छनौटका लागि पठाइएको प्रशिक्षक बिरेन्द्र कुमार यादवले बताए।

अधिकृत यादव स्थानीय बासी समेत रहेका हुन् । उनी नयाँ पुस्ताका युवाहरूलाई कुलतबाट जोगाउन, खेल र शिक्षामा प्रोत्साहित गर्न निरन्तर लागि परेका छन्।

यादव सानै उमेर देखि खेलमा रुचि राख्ने र पढाईमा लगनशील र संघर्षशील रहेका उनले राम्रो विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने आफू भन्दा निकै जुनियर विद्यार्थीहरुसंग मित्र ब्यवहार गर्ने पढाईमा मार्ग दर्शन गर्ने र प्रोत्साहित गर्ने खुबी उनमा रहेको छ।

अधिकृत यादव सरल स्वभावका ब्यक्ति हुन् । उनले जो सुकै ब्यक्तिसंग घुलमिल हुन निकै क्षमतावान छुट्टै किसिमको गुण उनमा रहेको छ।

खोलाडीहरुलाई बिदाई गर्दै उनले बधाई तथा सफलताको सदिच्छा समेत दिएको भारोत्तोलन खेलका प्रशिक्षक हेम शंकर चौधरीले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा सखाका सभापति मनोज बनैताले कार्यक्रमको अतिथि दिर्घाबाट बोल्दै राष्ट्रलाई चिनाउने कलाकार र खेलाडीहरु नै रहेको उनले चर्चा गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।

कबडी खेलमा भाग लिन १० छात्र र १० छात्रा रहेका छन्, भने भारोत्तोलन खेलमा ९ जना पुरुष र ३ जना महिला रहेका छन्। कबडी ३ गते देखि ५ गते सम्म धनुषाको ढल्केबरमा चल्ने छ भने भारोत्तोलन राजबिरामा ४ गतेदेखि ७ गते सम्म चल्ने प्रशिक्षक रोशन भनिने हेमशंकर चौधरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.