प्रदेश नम्बर २ मा हरिशंकर मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय

| 2021 Aug 16 | 03:00 pm 1957

काठमाडौँ साउन ३२ : आजको मन्त्रिपरिषद बैठकले हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो । केपी ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त गरेर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने आजको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले गत फागुन ७ मा अहिराज झा लाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसद समेत हुन् । मिश्रले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.