प्रदेश नं २ सरकारले मदरसा बोर्ड गठन गर्ने

रिपोर्ट नेपाल | 2018 Nov 07 | 07:39 am 2589

महोत्तरी, कात्तिक २१- देश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताएका छन्।

महोत्तरीको गौशालास्थित मदरसा गौसिया इमदादुल गुर्वाले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मदरसा बोर्डमा मुस्लिम समुदायका हरेक समस्या समेटिने बताए।

उनले मदरसा शिक्षालाई रुपान्तरित गर्नुपर्ने आवश्यक रहेकाले अब मदरसामा पनि नेपाली, विज्ञान, गणित, अङ्ग्रेजीजस्ता विषयलाई समावेश गरी त्यहाँबाट वैज्ञानिक, इञ्जिनियर, डाक्टर बन्न सक्नेजस्ता शिक्षा दिनुपर्ने धारणा राखे।

मुख्यमन्त्री राउतले समाज परिवर्तनका लागि निःसहाय, गरीब, विपन्न र दलित समुदायको शैक्षिकस्तरमा सुधार गर्नुपर्ने बताए।

कार्यक्रममा सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्री सरोज कुमार कुशवाहा लगायतका नेता तथा कार्यकर्ता सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.