प्रदेश नं १ का मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

| 2018 Nov 02 | 06:05 pm 2274

विराटनगर, कार्तिक १६ :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई थाइल्याण्ड प्रस्थान गरेका छन् । उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका हुन् ।

दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए ।

यसअघि उनले वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता लाग्न नसकेपछि बैंककतर्फ प्रस्थान गर्नु परेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री राई कात्तिक २४ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार उनको निजी खर्चमा हुने भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.