-
शंकर रिखाम मगर
उदयपुर फागुन, १६ः उदयपुरको रौता स्पोर्ट्स क्लव मुर्कुचिको आयोजनामा उद्घाटन गरिएको प्रथम रौतामाई गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियिगिता सोमबारबाट सुरु भएको छ । उक्त खेलमा बसाहा ११ ले विजयी सुरुवात गरेको हो ।

राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल र शिक्षाका लागि खेल भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त फुटवल प्रतियोगिता खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले मगर, विशेष अतिथिहरु उपाध्यक्ष भुपेन्द्रवहादुर थापा र रौतामाई शिक्षा शाखा अधिकृत गोविन्द कार्की लगाएत वडाध्यक्षहरुले खेलाडिहरुलाई शुभकामना दिएका थिए ।

अतिथि तथा रौतामाई गाउँपालिकको अध्यक्ष विरेन्द्रकुमार आले मगरले खेलको उद्घाटन गर्नुका साथै सम्बोधन गर्ने क्रममा । रौतामाइ गाउँपालिकाको एक पहिचान र खेलाडिहरुको एक आपसमा आत्मियता वढाउन देखि लिएर खेलकुद विधा पनि महत्वपुर्ण विधा भएकोले जसले राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा आफ्नो छविलाइ उच्च राख्नको लागि टेवा पुर्याएका पनि देख्न सक्छौं, विश्वमा नाम अव्वल राख्नको लागि र देशमा आफुलाई परिचित गराउन आग्रह गरे ।

उद्घाटन खेल फ्युजन क्लव वोक्से र बसाहा ११ विच भएको थियो । खेल खेल्ने क्रममा खेलाडिहरुको सामान्य विवाद रहेता पनि अतिनै रोचक र दर्शकलाई कुन समुहले जित्ने अन्योल वनाएका थिए । खेलको मध्यान्तर पछिको खेलको निकै घम्सा घम्सिको दोहोरो फुटवल हानाहानमा ३१ औं मिनेटमा वसाहा,११ का जर्सी नम्वर ७ खेलाडी पवन कार्किले १ गोल हान्न सफल भएपछी आफ्नो समुहलाइ जितको सुनिश्चित गराएका हुन भने खेलको म्यान अफ दि म्याच पनि वसाहकै खेलाडी पवन कार्किले हात पार्न सफल भएका थिए । उक्त सफल खेलाडिलाई क्लवका अध्यक्ष, गाउँपालिकाका उपाध्यक्ष र शिक्षा शाखा प्रमुखको हातवाट नगद १ हजार रुपैयाँको साथमा मेडल प्रदान गरिएको थियो ।

जको उद्घाटन खेलमा रेफ्री कुमार आले मगरको साथमा अम्वरवहादुर राई, विजय राई, तिलक राई र रुपेश मगरवाट खेलाइएको थियो ।
आज देखि खेलाइने फुटवल प्रतियोगितामा रौता स्पोर्ट्स क्लव आर्दश युवा क्लव नेपाल्टार उदयपुरगढी, त्रीयुगा स्पोर्ट्स क्लव सप्तरी, गोलवजार स्पोट्स क्लव सिराहा, कटारी फुटवल क्लव कटारि, बसाहा ११, फ्युजन क्लव वोक्से, गाइघाट फुटवल क्लव र आयोजक रौता स्पोर्ट्स क्लव सहित ८ समुहको सहभागिता रहेको रौता स्पोर्ट क्लवका सचिव टेकराज रिखा मगरले बताए ।

खेलको अन्तिममा प्रथम विजेता समुहलाइ नगद ५० हजार रुपैयाँ सहित ट्रकी र मेडल प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता समुहलाई नगद ३० हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने रौता स्पोर्ट्स क्लवका अध्यक्ष हरि आले मगरले वताए । खेलको समापन समारोहमा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र गोल रक्षकलाइ नगद पुरस्कार प्रदान गरिने भएकोछ । उक्त फुटवल खेल २१ गते अन्तिम तथा फाइनल हुने आयोजकले वताएको छ ।

फुटवल खेल प्रतियोगिता त्रीयुगा नगरपालिका वडा नम्वर,१६ स्थित उदयपुर सिमेण्ट उधोग लिमिटेड खानि महाशाखा सुकौराको खेल मैदानमा दिउँसो ३ वजेवाट सन्चालन भइरहेकोछ भने भोलि फागुन १६ गतेको खेल आयोजक स्पोर्ट्स क्लव मुर्कुची र गोलवजार स्पोर्ट्स क्लव सिराहाविच हुने आयोजकले वताए ।