प्रथम जाल्पा गोल्ड कपको उपाधी उदयपुरगढीलाई

रिपोर्ट नेपाल | 2019 Apr 17 | 01:02 pm 2221

  • शंकर रिखाम मगर

उदयपुर(मुर्कुची), वैशाख ३ उदयपुर सिमेन्ट उधोग लिमिटेड उदयपुर र गोर्खा व्रुअरी कम्पनी लिमिटेडको मुख्य प्रायोजन तथा त्रियुगा नगरपलिका र वडा नम्वर १६ को सहयोगमा जाल्पा स्पोर्ट क्लव सुकौराद्वारा आयोजित प्रथम जाल्पा गोल्डकपको फाइनल खेल सम्पन्न भएको छ ।

Image may contain: one or more people, mountain, crowd, outdoor and nature

फाइनल खेलमा गाइघाट फुटवल क्लव र उदयपुरगढी गाउँ पालिका ११ ले खेलेका थिए । खेल सुरु भएको ५० सेकेण्डमै गाइघाट फुटवल क्लवका जर्सी नम्वर १० का खेलाडी समिराज राउतले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफ सयम पछि उदयपुरगढी गाउँपालिका ११ ले खेल सुरु भएको ३ मिनेटमा पहिलो गोल गर्दै जर्सी नम्वर ४५ का खेलाडी उज्ज्वल राइले बराबरी बनाएका थिए ।

त्यसैगरी खेलको २०औं मिनेटमा उदयपुरगढी गाउँपालिका ११ का जर्सी नम्वर ६ का खेलाडी सुरज भुजेलले १ गोल थप गरी २–१ बनाए । त्यस्तै खेलको ३५औं मिनेटमा गाइघाट एफसिका जर्सी नम्वर ५ का खेलाडी सुनिल खड्काले थप एक गोल गरेपछि दुबै समुहको २–२ गोलको बराबरीमा खेलको निर्धारित समय सकिएको थियो । उक्त खेल निर्धारित समयमा सकिनासाथ टाई ब्रकर गाराएका थिए ।

Image may contain: 2 people, people standing and outdoor

टाई ब्रेकरमा गाइघाट एफसिवाट क्रमश अर्जुन मगर, शरोज राउत र सागर रायाले एक एक गोल गरी ३ गोलमा सिमित रह्यो भने उदयपुरगढी गाउँपालिका ११ को तर्फवाट योगेश वुर्जा, उज्ज्वल चाम्लिङ्ग, सविन थापा र विजय भुजेल गरी ४ गोल प्रहार गर्दै प्रथम पुरस्कार हात पारेका थिए ।

फाइनल खेलमा प्रमुख एम्पायर अम्बर राई सहायक एम्पायरमाहरुमा एनपी अधिकारी र मानु दनुवार चौधरीले खेलाइएका थिए भने फोर्थ अफिसियलमा उमेश दनुवारबाट खेल संचालन गरेको थियो।

खेलको उत्कृष्ट गोल रक्षक उदयपुरगढीका दिल कुमार लिम्बुलाई घोषित गरेका छन् भने उत्कृष्ट खेलाडी पनि उदयपुरगढीकै विजय भुजेल छनौट भएका छन् । उकृष्ट खेलाडी भुजेललाई सानिमा इन्सुरेन्स विमा कम्पनिले निशुल्क ५ लाख रुपैयाँको विमा गराइदिने भएको छ ।

प्रथम जाल्पा गोल्ड कप २०७५ को ८ सहभागी समुहहरुलाई पछिपार्दै उदयपुरगढी गाउँपालिका ११ र गाइघाट फुटवल क्लवले अन्तिम फाइनल खेल खेलेका थिए ।

प्रथम विजेता समुहले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी र मेडल हातपारेकाछन् भने उप विजेता समुहले ५० हजार ५ सय ५ रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

Image may contain: 1 person

पुरस्कार वितरण समापन खेलका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरी र विशेष अतिथी अखिल नेपाल फुटवल संघका केन्द्रीय सदस्य तथा एन्फा प्रवक्ता किरण राई, त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक, त्रिनपा १६ का वडाध्यक्षबाट पुरस्कार वितरण गरिएको थियो ।

Image may contain: 9 people, people smiling

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.