प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८ सम्पन्न

रिपोर्ट नेपाल | 2021 Sep 24 | 08:33 pm 1217

काठमाडाैं, भदाै ८ः मिति २०७८ आश्विन ०७ गतेबाट सञ्चालन भएको दुई दिवसीय प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८ शुक्रबार जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित एक समारोहकाबीच सम्पन्न भएको छ ।

उक्त समारोहमा समापन मन्तव्य राख्दै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिई उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने बताएका थिए ।

नियमित रुपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुहरुमाथि भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.