प्रतिबन्धीत लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2019 May 08 | 04:48 pm 1998

रुपन्देही, वैशाख २५: सिद्धार्थनगर नगरपालिका–१ डण्डाबाट मायादेवी गाउँपालिका १ का २० वर्षीय अनिल चौधरीलाई प्रतिबन्धीत लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट डाईजेपाम १ सय ९१ एम्पुल, फेनारागन १ सय ९१ एम्पुल, नुर्फिन १ सय ९१ एम्पुल, मोबाईल १ थान र नगद १६ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

साथै उक्त लागूऔषध लिन आएका कपिलवस्तु बाणगंगा नगरपालिका ११ का ३८ वर्षीय बुद्धेश्वर चौधरीलाई समेत सोही नगरपालिका ५ गल्लामण्डीबाट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.