स्याङजा, साउन ३: अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वालिङ नगरपालिका-८ स्थितबाट अर्जुन चौपारी गाउँपालिका-२ का २२ वर्षीय अरबिन परियार रहेका छन् ।
उनलाई प्रतिबन्धित लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल, नोर्फिन २५ एम्पुल र नाईट्राभेट ट्याबलेट ६ पिस सहित प्रहरीले पक्राउ गरेको हा छ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।