प्रतिनिधिसभा सचिवमा अधिकारीको नाम सिफारिस

रिपोर्ट नेपाल | 2026 May 13 | 12:06 pm 197

काठमाडौँ ,वैशाख ३० / सभामुख डीपी अर्यालले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस गरेका छन् ।

हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीको नाम सिफारिस गरेका हुन्। संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.