प्रतिनिधिसभा बैठकमा सांसद डा.अमरेशकुमार सिंहले कपडा फुकाले

रिपोर्ट नेपाल | 2023 May 08 | 01:01 pm 901

काठमाडौं, बैशाख २५ः प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले कपडा फुकालेर विरोध गरेका थिए ।

सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए । सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.