काठमाडौँ २७ चैत / प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि १५ मिनेटका लागि भएको थियो।
मंगलबारको बैठकको शुरूमा नै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आसनबाट उभिएपछि सभामुख घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए।
बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराउदै आफ्नो माग पुरा नभएसम्म संसद अगाडी बढाउन नदिने बताएको थियो ।
त्यसपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए। उक्त छलफलमा सहमति नजुटेपछि सूचना टाँसेर बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।