प्रतिनिधि सभा बैठकमा व्यङ्ग्य- रुख काट्न लागेको हो, कांग्रेसको चुनाव चिह्न होइन

| 2018 Sep 20 | 03:58 pm 1826

काठमाडौँ, असोज ४ : प्रतिनिधिसभाको आजको बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबन्दै रुख कटानको तयारी गरिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् ।

बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले विमानस्थल निर्माणका लागि आवश्यक डिपिआर र लगानीको स्रोतबारे पनि जवाफ माग गरे। उनले भने, ‘अहिले नै रूख काट्न किन हतारो गरिएको हो रु’ त्रिपाठीले अहिले रूख कटान गरी त्यहाँ जग्गा कब्जा गरेर बस्ती बस्ने आशंका उब्जिएको बताए ।

‘निजगढ विमानस्थलको विषयमा यसको विरोध मा कोही छैन, प्रश्न प्रबृत्ति र कामगर्ने शैलीको हो । डिपीआर तयार भएको छैन, लागत कति लाग्ने भन्ने तय भएको छैन, लगातीको स्रोत गर्भमै छ । खालि हतार के मा भएको छ भने अर्बौंको रुख कटानी गर्नेमा छ’ त्रिपाठीले संसदमा भने, ‘रुख भन्ने वित्तिकै नेपाली कांग्रेसले आफ्नो चुनाव चिह्न नठान्नु होला, साँच्चिकै रुख हो, वनको रुख । डिपीआर नबनी रुख कटानी गर्ने कुरामा हाम्रो आपत्ति छ ।’

त्रिपाठीले भर्खरै निवृत्त प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति छानबिन गर्न समेत माग गरेका छन् । क्षेत्रीकाबारेमा पत्रपत्रिकामा धेरै कुरा आएको भन्दै उनका बारे छानविन गर्न त्रिपाठीले माग गरेका थिए ।

उनले सेनालाई व्यापारमा लगाउनु गलत भएको समेत बताए । त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच आउँछ । अन्तत्वगत्वा धेरै कामिसमा अप्ठ्यारा र समस्या आउन सक्छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.