प्रजातान्त्रिक प्रणालीलार्इ विकृत बनाउन हुँदैन : नेता भण्डारी

रिपोर्ट नेपाल | 2018 Oct 11 | 11:30 am 1928

काठमाडौं, असोज २५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचित व्यक्तिलार्इ राजिनामा गराएर प्रजातान्त्रिक प्रणालीलाइ विकृत बनाउन खोजेको बताए। उनले प्रजातान्त्रिक प्रणालीलार्इ विकृत बनाउन नहुने सुझाव व्यक्त गरेका छन्।

उनले भने, ‘शक्ति भएकाले जितेका उम्मेदवारलाई राजिनामा गराउने र शक्तिशाली तथा पैसावाला खोज्‍ने हो भने समानुपातिक प्रणाली व्यापार बनेझैं प्रत्यक्ष निर्वाचन पनि अर्को अझ ठूलो व्यापार बन्‍नेमा कुनै शंका भएन।’ उनले जनताको अभिमतको कदर गर्दै पाँच वर्ष सरकार बाहिर बसेर काम गर्न र पार्टीलाइ समयसापेक्ष बनाउन सुझाव व्यक्त गरेका छन्।

‘काठमाण्डौं ७ बाट निर्वाचनमा उठ्ने कुरामा सामाजिक सन्जालमा मेरो नाम पनि साथीहरुले लिनु भएकोमा आभार प्रकट गर्दछु’, उनले भने, तर विगतमा विचार र आत्मामा राष्ट्रियता, वाक् स्पष्टता र विकासका कारण निर्वाचनमा क्षेत्रनिधारण एवम् राष्ट्रिय सोचको पारितोषित प्राप्त गरिसकेको छु।’

कुनै कारणले उठ्न नै परे विगतमा उम्मेदवार नभएका राष्ट्रवादी, भष्टाचार विरोधी व्यक्तिलाइ उम्मेदवार बनाउन समेत नेता भण्डारीले सुझाव दिएका छन्। उनले भने, ‘युवाहरुले देशको नेतृत्व गर्नका निम्ति नयाँ विचार, दृष्ट्रीकोण र राष्ट्रवादी सोचको विकास गर्दै धैर्य गर्नु पर्दछ।’

जसको शक्ति उसको भक्ति गर्न नहुने उनले बताए। त्यसो गरिएमा प्रजातान्त्रिक मुल्य र मान्यता सहितको प्रजातन्त्र नेपालमा नरहने समेत नेता भण्डारीले बताए।

कम्युनिष्ट पार्टीको गैर जिम्मेवार व्यवहारले सिंहदरबार पुगिएला, कुर्सी पनि पाइएला तर राष्ट्र र प्रजातन्त्र कमजो बन्‍ने नेता भण्डारीले स्पष्ट पारे। उनले भने, ‘दुइ तिहाईको सरकार राम्रो संग चलाउन छोडेर नचाहिने काममा लाग्नु शुभचिन्तक को लागि पनि अपमान गर्नु हो। पार्टीका युवाहरुले नेताहरुले लाजलाग्‍ने काम गर्दा पनि पुराना रसिद र नेताका मुख सुङ्‍ग थाल्ने हो भने न त्यो युवा हुन्छ न त्यो पार्टी जिवन्तनै रहन्छ !!’

नेपाली कम्युनिस्ट नेताहरुमा जनता एवम् राष्ट्र प्रतिको जवाफदेहीता शंकाको कठघरामा उभिएको उनले बताए। उनले थपे, ‘न्यायाधीश त समय र नेपाली जनता नै हुन् । अबको प्रश्न पहिलो शिकार कस्ले कसको गर्दछ भन्ने मात्र हो ! !’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.