प्रजातन्त्र दिवसमा पूर्ब राजाको यस्तो छ सन्देश

| 2021 Feb 18 | 06:23 pm 2073

काठमाडौं फागुन ६: पूर्वराजा ज्ञानेन्द्र शाहले ७१ औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।

बिहिबार जारी शुभकामना सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेष नेताहरुको शासन प्रणालीमात्रै नभएको बताएका छन् ।

प्रजातन्त्र आधुनिक शासन पद्धितको सर्वोत्तम व्यवस्था हो । विश्वमान्य प्रजातन्त्रको सिद्धान्तअनुरूप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस भन्ने सबैको चाहना र आकांक्षा भएको उनको भनाइ रहेको छ । प्रजातन्त्र प्राप्तिको सत्तरी वर्षपछि आएर पनि हामी अहिले प्रजातन्त्रकै विषयमा विवाद द्वन्द्व र बहसमै व्यस्त छौँ, ग्रस्त छौँ । प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिँदैन पूर्बराजा शाहको शुभकामना बक्तब्यमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.