प्रचण्डविरुद्ध मुद्दा लिएर लेनिन पुगे सर्वोच्च

रिपोर्ट नेपाल | 2023 Jun 09 | 03:29 pm 1053

काठमाडौँ, जेठ २६ । नेकपा माओवादीद्वारा गरिएको जनयुद्धमा बालकलाई जवरजस्ती सैनिक बनाएको भन्दै लामो समयदेखी आवाज उठाउँदै आएका लेनिन विष्टले अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गर्न आदेश दिएको छ । आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

पूर्व बालसैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत भएको भन्दै तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गरी रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध पुनः सर्वोच्च पुगेक हुन।

विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरु पुष्पकमल दाहाल (प्रचण्ड), डा.बाबुराम भट्टराई लगायतका नेताहरु बालसैनिक प्रयोग गरेको भन्दै कारवाहीको माग समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.