प्रचण्ड र विप्लव नयाँ विचारबाट अगाडि बढ्नु पर्ने डा. बाबुरामकाे सुझाव

रिपोर्ट नेपाल | 2019 Mar 15 | 02:49 pm 1771

काठमाडौं, चैत १ : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्ड र विप्लवलाई नयाँ विचारबाट अगाडि बढ्न सुझाव दिएका छन् । दुवैमा देखिएको वैचारिक समस्याले पछिल्लो परिणाम आएको दावी गर्दै उनले ‘कोर्स करेक्सन’ को सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा धारणा सार्वजनिक गदै उनले भनेका छन्–‘पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनु भएको छ ! समस्या व्यक्तिको नभएर विचारको हो ! यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म बीचको हो !’

प्रचण्डले बोकेको संसदीय कम्युनिज्म र विप्लवको उग्रपन्थी कम्युनिज्मका कारण दुईबीच दन्तबझान चलेको बाबुरामको ठहर छ । दुवैलाई इतिहासले गलत सावित गरिसकेको दाबी समेत डा. भट्टराईले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.