प्रचण्ड–माधव पक्षले आयोगलाई बुझायो पत्र

रिपोर्ट नेपाल | 2021 Feb 02 | 12:28 pm 1921

काठमाडौं, माघ २०ः प्रचण्ड–माधव पक्षका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।

आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दावी गर्दै अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय पुगेर पत्र बुझाएर फर्केका हुन् ।

सोमबार बसेको प्रचण्ड–माधव पक्षको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.