काठमाडौं- बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा साविक विजेता नेपाल राष्ट्रिय फुटबल टोलीको यात्रामा पूर्णविराम भएको छ। समूह चरणको दोस्रो खेलमा प्रतियोगिताकै दाबेदार मानिएको प्यालेस्टाइनसँग १-० गोल अन्तरले पराजित हुदै नेपालको यात्रा समाप्त भएको हो।
खेलको एकमात्र गोल दोस्रो हाफमा भएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हापफमा गोल खान पुग्यो। प्यालेस्टाइनका लागि खेलको एक मात्र निर्णायक गोल मोहमद अलिविसादले गरेका थिए । उनले खेलको ७० औं मिनेटमा गोल प्यालेस्टाइनको जित पक्का गरे।
शुरुवाती समय देखिनै आक्रमक देखिएको प्यालेस्टाइनले पहिलो हाफमा केहि अवसरहरु गुमाउन पुगेको थियो । खेलको १६ औं र २२ औं मिनेटमा प्यालेस्टाइनी खेलाडीले गोल पोस्टमा गरेको प्रहार गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै बिफल पारि दिएका थिए।
नेपालले पनि पहिलो हाफमा केहि मौक खेर फालेको थियो। नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग २-० गोलले पराजित भएको थियो । यस हारसँगै नेपाल समूहमा जित बिहिन हुदै समूहको पुछ्छारमा रहदै प्रतियोगिताबाट बाहिरिएको हो।