पौदीमा नाचियो ऐतिहासिक सराय, युवा पुस्ताहरु आकर्षित

रिपोर्ट नेपाल | 2018 Oct 21 | 05:36 pm 1925

-कौरव खत्री

गुल्मी कार्तिक ४ गुल्मीको मुसिकोट नगरपालिका १ को पौदीअमराईको छत्रकोटमा परम्परागत सराय नाच सम्पन्न भएको छ । परम्परागत रुपमा छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदीअमराई गुल्मीले सराय नाचको संरक्षण र प्रर्वद्धन गर्न निरन्तर रुपमा सराय नाच सञ्चालन गदै आइरहेको छ ।

सराय नाचलाई व्यवस्थित गरि जोगाउन छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदीअमराई गुल्मीले विगतका बर्षहरुमा जस्तै पछिल्लो समयमा विस्तारै लोप हुँदै गईरहेको सराय नाचप्रति युवा पुस्ताको ध्यानाकर्षण गर्ने तथा हाम्रो संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने उद्धेश्यका साथ परम्परागत सराय नाच सञ्चालन गदै आइरहेको छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदीअमराई गुल्मीका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए ।

बडा दशैँसँग जोडिएको सराय नाचको आफ्नै साँस्कृतिक विशेषता र महत्व रहकोले सराय नाच रामायण र महाभारतसँग जोडिएको हुदा विजय उत्सव स्वरुपका रुपमा सराय नाच खेलिने गरेको छत्रकोटमा भने १७८५ मा कोट स्थापनापछि निरन्तर रुपमा सराय नाच सञ्चालन हुदै आएको छ । पौदीको सराय नाचमा टाढा टाढाबाट समेत सराय नाचमा नाच्न आउने गरेको नेपाल राष्ट्रि«य सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरिञ्जीवी थापाले बताए ।

निरन्तर रुपमा सञ्चालन हुदै आएको सराय नाचमा पछिल्लो समयमा आएर सराय नाचप्रति युवा पुस्ताहरुमा पुस्तान्तरण हुदै गएको र सरायप्रतिको सिको हुन थालेको सराय नाचमा सहभागी भएका इश्मा गाँउपालिका ४ का मान बहादुर घर्तिले बताए । सराय नाचमा गुल्मी र बाग्लुङ्गबाट एक दर्जन भन्दा बढि वडाहरुबाट हजारौ दर्शकहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.