पौडेललाई कारबाही गर्न माग गर्दै पर्चा छरिए

रिपोर्ट नेपाल | 2019 May 27 | 12:24 pm 3044

बुटवल, जेठ १३:  जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई बुटवलमा भ्रष्टाचारी भन्दै पर्चा छरिएको छ।

नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो।

बालुवाटार जग्गामा मुछिएका पौडेललाई कारबाही गर्न माग गर्दै पर्चा छरिएको नगर सभापति पाण्डेले बताए। बुटवल मण्डपमा पौडेलले बुटवल प्रर्दशनी केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

तीन वर्षअघि नै सर्वदलीय बैठकले प्रदर्शनी केन्द्रको निर्माण गर्ने सहमति गरिसकेको र अन्डर ग्राउण्ड नक्सा तयार नभएकाले केही समयपछि धकेलिएको नगरसभापति पाण्डेले बताए।

उनले बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको प्रर्दशनी केन्द्रको शिलान्यास गर्नु कुनै नयाँ कुरा नभएको भन्दै आपत्ति जनाए।

उनले प्रचारका लागि शिलान्यास गर्न लागिएको  बताए। उनले कांग्रेस प्रदर्शनी केन्द्र निर्माणको पक्षमा रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.