कास्की, साउन १५ । माछापुच्छ्रे गाउँपालिका १ खिलाङ्ग स्थित सेती नदीको बिच भागमा अड्किएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सुर्खेत घर भएका २१ वर्षिय तेज बहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदीको बिच भागमा अड्किएका थिए ।
नदीकाे बीचमा अड्कीएकाे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली खटिई उनको सकुशल उद्वार गरेको सशस्त्र प्रहरीले जनाएकाे छ ।
यसैगरी पोखरा महानगरपालिका १८ स्थित साराङकोटमा पहिरोमा परी क्षती भएका दुई वटा घरको सामान सुरक्षित स्थानमा सारिएको छ ।
४७ वर्षिय सुन्दर श्याम अधिकारी र ५० वर्षिय मैत कुमारी हमालको घरमा वर्षाको कारण गएको पहिरोले क्षती पुगेको थियो ।
घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडाँ, फर्निचरका लगायतका सामान नम्बर २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारेको बताएकाे छ ।
