- महेश सिंह महतो
सिराहा, साउन १३: जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरमा तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताए ।
दुवै दाजुबहिनी घरबाट खेल्न गएका बेलुका अबेरसम्म घर नफर्किदा अभिभावकले खोज्ने क्रममा पोखरीमा डुबेर मृता अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
त्यस्तै सिरहा नपा –३ मखनाहास्थित खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाए । खाल्डोमा डुबेको बेला स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल माडरमा लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिए ।