पोखरीमा डुबेर एक बालकको मृत्यु तथा गाँजासहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 21 | 08:58 am 2455

सर्लाही, कात्तिक ५ः जिल्लाको बलरा नगरपालिका ४ स्थित रहेको सार्वजनिक पोखरीमा डुबेर मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जगु सहनिको छोरा करिब ९ वर्षीय आदित्य कुमार सहनि रहेका छन् ।

उक्त पोखरीमा नुहाउने क्रममा डुबी मृत्यु भएको भन्ने प्रहरी चौकी बलरामा खबर प्राप्त हुनसाथ यस चौकीबाट प्रहरी नायब निरीक्षक सुरेश खत्रीको कमाण्मडा ३ जना र
तालुक ईलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक सुरेन्द्र कुमार श्रेष्ठको कमाण्डमा मुचुल्का सहितको ७ जनाको टोली खटि गई मुचुल्का कार्य गरेको प्रहरीले जानकारी दिएको छ ।

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

बुधबार बिहान सर्लाही लालबन्दी नगरपालिका १ बागवानि स्थितमा ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी हवल्दार सुधिर कुमार सिंहको कामान्डमा खटिएको ४ जनाको गस्ति टोलिले डाबरी तर्फबाट बागवानि जंगलको बाटो हुदै आउँदै गरेको प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा १५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।

बरामदपछि मोटरसाइकल चालक सर्लाही हरिवन नगरपालिका २ डाबरीका २० वर्षीय श्रवन महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट २ फिटको फलामको धारीलो हतियार तलवारसहित बरामद गरी नियन्त्रणमा लिई तालुक
ईलाका प्रहरी कार्यालय लालबन्दीमा पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.