पोखराले दियो विराटनगरलाई १९८ रनको लक्ष्य

| 2018 Oct 26 | 01:02 pm 1906

पोखरा, कार्तिक ९: सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनका विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै उत्कृष्ट फिनिसिङ गरेका छन्। विराटनगर टाइटन्स विरुद्ध विनोद भण्डारीले ११ बलमा ४१ रन बनाए । उनले ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएका हुन् । विनोदको ब्याटिङसँगै पोखराले विराटनगरसामु १९८ रनको लक्ष्य प्रस्तुत गरको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा पोखराले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १९७ रन बनाएको हो । पोखराका लागि १९७ रन बनाउन आसिफ शेखले अर्धशतक पूरा गरे । उनले एक छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाए भने भारतीय खेलाडी रवि इन्दर सिंहले ४ छक्का र २ चौका प्रहार गर्दै ४४ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ३८ रन बनाउँदा शरद भेषवाकरले नआउट रहे ७ रन बनाए ।

त्यस्तै, टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको विराटनगरले पोखरा पल्टनलाई १९७ रनमा रोक्न कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २ विकट लिए भने साहब आलमले एक विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.