पैसा र पहुँचका भरमा मिलापत्र नगराउन आइजीपी खनालको निर्देशन

रिपोर्ट नेपाल | 2018 Jun 30 | 11:35 am 3429

सुर्खेत, असार १६: प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पहुँच र पैसाका भरमा मिलापत्र नगराउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

‘प्रहरीले गम्भीर प्रकृतिका हिंसा र बलात्कारका घटनामा मिलापत्र गराउदा त्यसको परिणाम भयानक हुने भएकोले पहुँच र पैसाको भरमा मिलापत्र नगराउन निर्देशन दिएका छन् । उनले भने , ‘अपराध न्यूनीकरण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक प्रहरी कर्मचारी सदैव सजग बन्नुपर्छ।’

आईजीपी खनालले प्रलोभनमा पारेर मुद्दाको अनुसन्धान प्रभावित पार्ने तत्त्वदेखि सावधान हुनुपर्ने बताए । उनले समृद्ध समाज निर्माणका लागि आपराधिक मनोवृत्ति अन्त्य गरिनुपर्ने बताए। सुर्खेतमा शुक्रबार जिल्ला प्रहरी कार्यालयअन्तर्गत निर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवनको उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन्। ‘आपराधिक तत्त्वसँग प्रहरीले साँठगाँठ गर्ने होइन, प्रहरीलाई देखेर उनीहरू डराउनुपर्छ,’ खनालले भने, ‘त्यस्ता राक्षसलाई तत्काल नियन्त्रणमा लिई समृद्ध समाज बनाउन अग्रसर हुनुपर्छ।’ महिला तथा बालबालिका सेवा केन्द्रले पीडित महिलालाई माइतीकै रूपमा व्यवहार गरी सेवा प्रदान गर्न आग्रह गरे।

‘कुनै महिलामाथि अन्याय हुनु भनेको समग्र राष्ट्रमाथि नै अन्याय हुनु हो,’ प्रहरी कर्मचारीलाई निर्देशन दिंदै भने, ‘पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्नुहोला । संगठन प्रमुखको नाताले मेरो पूरा सहयोग हुनेछ।’ आईजीपी खनालले न्यायका लागि आएका महिलालाई खुसी दिलाएर बिदाइ गर्न सुझाव दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.