रौतहट, असोज १ : वृन्द्रावन नगरपालिका–१ विश्रामपुर बस्ने ३० वर्षीय दोजेलाल राउत र सोही नगरपालिका–२ धनगढी बस्ने १८ वर्षीय सन्तोष पटेललाई कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका–९ स्थित डुमरीया चोकमा उनीहरु सवार ना १६प ६७५२ नम्बरको मोटरसाइकललाई प्रहरीले चेक जाँच गर्ने क्रममा सन्तोष पटेलले बोकेको झोलाबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।
यस सम्बन्धमा अवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।