पेस्तोल र गोलीसहित रिजाल पक्राउ

रिपोर्ट नेपाल | 2023 May 10 | 08:23 pm 901

बाँके, नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

पर्सा, बिन्दबासीनी गाउँपालिका-५ प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पूर्वी चमपारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनन्जय कुमार गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् । प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको प्रहरीले वीरगंजबाट प्रसौनिभाटातर्फ जाँदै गरेको बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.