पेट्रोल बोक्ने ट्याङ्करले गाँजा बोक्दै

| 2018 Oct 02 | 07:08 pm 2392

 मकवानपुर, असोज १६ : पेट्रोल बोक्ने ट्याङ्करमा गाँजा ओसारपसार गर्ने गरेको पाइएको छ । मंगलबारको मनहरी गाउँपालिका-७ रमनटारमा एउटा इन्धन बोक्ने ट्याङ्करलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले ना ४ ख ३९६९ नम्बरको ट्याङ्कर र ३८ वर्षीय ट्याङ्कर चालका प्रह्लाद ठकुरीलाई पक्राउ गरेको छ । प्रहरीले ट्याङ्करमा खोज तलासी गर्दा प्रहरीले २ सय ९५ किलो गाँजाको चिप्पड फेला पारेको हो ।

प्रहरीले गाँजासहित प्रह्लाद र ट्याङ्करलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । गाँजासहित पक्राउ परेका ट्याङ्कर चालक प्रह्लाद बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगंजका स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार ट्याङ्करका ५ वटा च्याम्बरमध्ये २ वटामा पोको पारिएको अवस्थामा गाँजा राखिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.